२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

काेशीकाे सत्ता राजनीति: नेकपा एस माओवादी आउँदा एमाले बाहिरिँदै

  • २०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • विराटनगर- आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

    एमालेले मन्त्री राम रानालाई राजीनामा गराउने तयारी अगाडि बढाएको छ । एमालेले भोलि रानालाई राजीनामा गराउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।

    राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयसमेत दिइएको छैन । ‘माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि हामी बसिरहनु उपयुक्त छैन’,

    एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘आवश्यक छलफल गरेर भोलि सरकारबाट बाहिरिन्छौं ।’

    प्रतिक्रिया दिनुहोस