२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
माधवकुमार नेपालकाे निष्कर्ष:

काेसीमा सर्वदलीय सरकार, रिगल प्रकरणमा सर्वाेच्चकाे सही फैसला

  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडाैं-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

    शनिवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्ने बताएका हुन् ।

    अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भए पनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने उल्लेख गरे ।

    उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे । कोशी प्रदेशको नामकरण बारे उठेको विवाद आवश्यक नरहेको बताउँदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।

    अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।

    प्रतिक्रिया दिनुहोस