२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

मदरल्याण्डकाे खेलकुदः म्याराथनमा पुकार, स्लोबाइक राइडमा शुसिल प्रथम

  • २०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा-  ओखलढुंगामा सञ्चालित म्याराथन तथा स्लो बाइक राइड प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा पहिलो पटक आयोजित खुल्ला म्याराथनमा सोलुखुम्बुका पुकार वस्नेतले उपाधि हात पारेका छन् ।

    १० किलोमिटरको प्रथम सानीटार खुल्ला म्याराथनतर्फ वस्नेतले ३५ मिनेट ३० सेकेण्डमा पार गर्दै प्रथम भए । नेपाली सेनाका सूर्यबहादुर आलेले ३५ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दा दोस्रो भए ।

    त्यस्तै सिद्धिचरण नगरपालिका ७ का सुसन श्रेष्ठले ३५ मिनेट ४५ सेकेण्डमा दुरी पार गरि तृतीय स्थान हासिल गरे । २१ जना सहभागी रहेको यो प्रतियोगिताका बिजेताहरुले क्रमश १२ हजार, ८ हजार र ४ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    त्यस्तै स्लो बाइक राइडतर्फ ७० मिटर दुरीको प्रतियोगितमा मोलुङ १ का शुसिल कार्कीले २ मिनेट ३० सेकेण्ड लगाएर दुरी पार गर्दै प्रथम भए । विपुल कार्कीले १ मिनेट ३६ सेकेण्ड तथा सिद्धिचरण नगरपालिका ११ का विनोद दयालले १ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रम ८८४८, ४४४४ र २२२२ रुपंैया नगद तथा मेडल र प्रमाणपत्र हात पारे ।

    बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगिता मदरल्याण्ड तेक्वान्दो डोजाङले आयोजना गरेको हो ।

    डोजाङले कारागारमा व्ययामशाला पनि सञ्चालन गदै आएको प्रतियोगिताका प्रचार संयोजक रोशन दाहालले जानकारी दिए । प्रतियोगिताका अलावा कार्यक्रममा ट्राफिक सचेतनाका विषय पनि सहभागीहरुलाई जानकारी गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस