२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

इन्द्रजात्रा हेर्न गएका ‌ओखलढुंगाका कार्कीको हत्या

  • २०८० मंसिर १, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं- काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक किशोरको हत्या भएको छ । गएराति जात्रामा झगडा हुँदा ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो ।

    क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको बताइएको छ ।

    हत्यामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस