२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

ऐतिहासिक स्टोन स्किपिङ (पानी सुल्के) खेलमा राहुल लिम्बु बिजेता

  • २०८० मंसिर २, शनिबार मा प्रकाशित ५ महिना अघि
  • सुनसरी- नेपालको पहिलो स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ । चतरा हाईकिङ ग्रुपको आयोजनामा मंगलबार नगरपालिकाको वार्ड १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा उक्त प्रतियोगिता भएको हो ।

    प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भए । प्रथम राहुल लिम्बुले दोस्रो चरणको सेटमा क्रमशः २३+२२+१४=५९ अंक ल्याउन सफल भएका थिए।

    उनले फालेकाे ढुंगा  २३ पटकसम्म सुल्किएर उफ्रेकाे थियाे । याे सवै भन्दा बढि पटक हो। यसैका आधारमा उनी प्रथम भए । दोस्रो बनेका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याए । तेस्रो बनेका लक्षमण कटुवालले २८ अंक प्राप्त गरेका थिए। कार्यक्रम दुई चरणमा खेलाइएको थियो।

    नेपालमा यस प्रकारकाे खेल  सम्भवत पहिलो भएकाे आयाेजककाे दावी छ ।

    सहभागीले पहिलो चरणमा एकवटा ढुङ्गाले पानीमा कम्तीमा तिन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने व्यवस्था थियो। दोस्रो चरणमा पुग्ने खेलाडीलाई तिन वटा ढुङ्गा उपलब्ध गराएको थियो। पानीमा तिन पटकको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको थियो।

    उनीहरुलाई प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, वार्ड १ अध्यक्ष किसन थापा, बिशिस्ट अतिथीहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम, वार्ड ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञान बहादुर पांडेले प्रथम, दोश्रो र तेस्रो पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ संगै प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका सस्थापक तथा संयोजक भीषण राईले बताए ।

    नेपालमा यस प्रकारकाे खेल सम्भवत पहिलो रहेकाे र युवा सशक्तीकरण,मेलमिलाप र आपसी सदभाव बढाउने काम गरेकाे आयोजककाे दावी छ । यस बाहेक बृहत बराहक्षेत्रको पर्यटनमा यो खेलले थप टेवा पुग्ने संयोजक राईले बताए । प्रतियोगितामा चक्रघट्टी, कालाबन्जर लगायत स्थान वाट करिब ७५ जनाले भाग लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस