२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

गगन र शेखर भन्छन् एनसेल घाेटला त्यसै छाडिन्न

  • २०८० मंसिर १९, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटला छानविन हुनुपर्ने बताएका छन् । नेपाली का्रग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनु पर्ने बताए ।

    उनले सरकारमा कांग्रेस भए जस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए । थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरु संलग्न भएको भन्दै छानविन गर्नु पर्नेमा जोड दिए ।

    उनले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरुबाट यो व्यवस्था बचाउन र शुसासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नु पर्ने बेला आएको बताए ।

    नेता कार्यकर्ताहरुलाई उनले अलमलमा नपर्न सुझाव दिँदै संघ, प्रदेश र स्थानीयमा जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको बताए ।

    त्यस्तै नेता शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचविखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरुले गम्भीर रुपमा लिएको बताए । उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटला भएको दावी गरे । सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताए ।

    प्रतिक्रिया दिनुहोस