२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मन्त्री ज्वालाकाे स्थानीयबासीसँग छलफलपछि अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य सुचारु

  • २०८० पौष २४, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौं-  जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

    नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए । आन्दोलनरत जग्गाधनीलाई सिंहदरवार बोलाएर मन्त्री ज्वालाले छलफल गर्नुभएको थियो । पूर्वसांसद भूमी त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो । सुरुङ मार्गको धादिंङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुनेकि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो ।

    सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वाभित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिंङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएपछि निर्माण कार्य सुचारु हुने भएको हाे ।

    स्थानीय बासीले अबरोध गरेपछि सुरुङ भित्रको कंक्रेटि लाइनिङ गर्ने कार्य अबरुद्ध थियो । मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानुनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिबद्धता जनाएको सडक विभाग बैदेशिक शाखाका प्रमुख विजय जैसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस