२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

विकासकाे माेडल नै फेर्नुपर्छ: पूर्व अर्थमन्त्री कार्की

  • २०८० पौष २९, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका सा‌ंसद तथा पूर्व अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासकाे माेडल फेर्नु पर्ने बेला भएकाे बताएका छन् । नेपाली कांग्रेसले आयाेजना गरेकाे परिचयात्मक कार्यक्रममा उनले विकासका लागि नविन साेच आवश्यक भएकाे बताए ।

    विपी स्मृति भवनमा आयाेजना भएकाे कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कार्कीले भने – ‘ गाउँमा मान्छेले भविश्य नदेखेर शहर गए, सहरमा पनि नदेखेर विदेशिए ।’ मानिसहरुलाई गाउँमै राेक्न विकासकाे विकासकाे माेडल न‌ै फेर्नु पर्नेमा उनकाे जाेड थियाे । ‘जलस्राेत, माउन्टेन र एग्राे टुरिज्मकाे विकासतिर नवीन साेचका साथ काम गर्न सबै पक्ष लाग्नु पर्नेमा उनकाे जाेड छ  ।

    अर्काे प्रसंगमा उनले अन्तरिक पार्टी  राजनीतिमा निषेशकाे राजनीति नगर्न भन्दै उनले एकताबद्ध भएर अघि बढ्न कार्यक्रर्ताहरुलाई आग्रह गरे ।  ‘राजनीतिक क्रान्तिकाे नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ । याे इतिहासले सुम्पेकाे दायित्व हाे ।’

    काेसी प्रदेशका सांसद तथा पूर्व मन्त्री प्रदिपकुमार सुनुवारले गाउँ रित्ताे हुँदै गएकाे बताउँदै गाउँमा सडक पुग्नु भवनहरु बन्नु मात्र विकास नभएकाे बताए । उनले भने बनेका सडकमाऽ भवनमा मान्छेहरु देखिनु पर्नेमा सुनसान हुन थालेकाेमा चिन्ता व्यक्त गरे । उनले भने ‘मान्छेका आकांक्षा बढी भए, विकासका काम सुस्त छन् । हाम्राे शिक्षाले सीप र राेजगारीसँग जाेड्न सकेन ।

    ‘ पूर्व मन्त्री सुनुवारले घुर्मी कटारी सडकका लागि स्राेत सुनिश्चितता प्रकृयामा रहेकाे बताउँदै  खाेटाङ र साेलु समेत गरि तीन जिल्लाकै गाैरवकाे आयाेजना दुधकाेसी हाइड्रो भएकाले जसरी पनि बजेट राखेर काम अघि बढाउन भूमिका खेल्ने बताए ।  उनले थपे – ‘पहाडकाे भूगाेलमा मान्छे वस्ने अवस्था सृजना भएकाे छ । याे डेडलक चिर्न पहाडमा सुविधा र सेवा केन्द्रित गर्नु पर्छ ।’

    साेलुका कांग्रेस नेता प्रकाश कार्कीले सिन्धुलिकाे  साेखुमा १५ वर्षदेखि किन  पुल बनेन् ? घुर्मि कटारी सडक किन कालाेपत्रे नभएकाे भन्दै  यी २ काम गर्न नेता, सांसद, मन्त्रीले काम गर्ने सुझाब दिए । जिल्ला सभापति तेजन खनालकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन जिल्ला सचिव राजकुमार ढुंगानाले गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस