२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
सिद्विचरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा चरम विवाद

जितेकाे खेल हराइएकाे भन्दै सगरमाथा जनता मावि प्रतियाेगिताबाटै बाहिरियाे

  • २०८० माघ ६, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जितेको खेलमा आयोजक र निर्णायकले हराएको भन्दै शिल्ड दाबेदार एक विद्यालयले खेल बहिस्कार गरेको छ ।

    सिद्धिचरण नगरपालिकाले रुम्जाटारमा आयोजना गरेको प्रतियोगितामा शिल्डको मुख्य दाबेदारमध्येको एक विद्यालय सगरमाथा जनता माविले खेल बहिस्कार गरेको हो ।

    विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले विज्ञप्ती जारी गर्दै खेल बहिस्कार गरेको जनाएका छन् । उनले जितेको खेल एक दिनपछि हराएर अर्कैलाई स्वर्ग पदक दिएपछि बाँकी खेलमा सहभागिता जनाउनुको अर्थ नभएको प्रतिक्रिया थिए ।

    शुक्रबार साँझ भएको रिले दौडमा बिजेताको विषयमा विवाद भएको थियो । विद्यालयले तत्काल आधिकारिक निर्णय दिन निणार्यक र आयोजक सँग माग गरे पनि तयार भएका थिएनन् । नियम विपरित ट्रयाक मिचेर अगाडी आएको विद्यार्थीलाई विजेता भन्न नसकिएको सिद्धिचरण नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख फडिन्द्र कट्वालले बताए ।

    उनले विद्यालयले शुक्रबारै निणर्य मागे पनि ट्रयाक मिचे नमिचेको खिचिएका भिडियो तथा लाइन्समेनहरुसँग छलफल गरेर निणर्य दिने भन्दै शुक्रबार छलफलपछि निणर्य भएको बताए । निणर्ायकले सगरमाथा जनता माविलाई शनिवार बिहान नियम मिचेको भन्दै अयोग्य (डिस्क्वालिफाइड) घोषणा गरिएको थियो ।

    सगरमाथा जनता मावि अयोग्य घोषणा भएपछि स्वणर् पदक रुम्जाटार माविलाई दिइएको छ । अन्य सबै विद्यालयको कुनै गुनासो नभएको र निणर्ायकले नियमानुसार निणर्य गरेकाले खेल बहिस्कार गर्नुको अर्थ नरहेको शाखा प्रमुख कट्वालको भनाइ छ ।

    पटक पटक धाँधलिपूर्ण, विभेदयुक्त र अन्यायपूर्ण निर्णयले खेलाडीहरुको मनोवल गिराएर शिल्डमा राजनीति गरिएको विद्यालयको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमंग श्रेष्ठले आयोजकका कारण प्रतियोगिताबाट विद्यालय बाहिरिनु परेको बताएका छन् । सामाजिक सञ्जालमा उनले यसको जिम्मेवार आयोजक हुनुपर्ने बताए । उनी सिद्धिचरण नगरपालिका वडा नं. १२ का अध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस