ओखलढुंगा- मोलुङ गाउँपालिका वडा नं. ४ स्थित अति दुर्गम र लेकाली वस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे । उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी योजना भयो ।
यसले धेरैका अनुहारमा हाँसो ल्याएको छ । घण्टौं हिडेर पानी बोक्नु पर्ने बाध्यता हटेर घरघरै धारा छन् । दैनिक निश्चित समयमा पानी आउँछ । ‘पानी भर्न खाना बसालेर पनि सकिन्छ, पहिले–पहिले २ घण्टा हिडेर पानी बोक्नु पथ्र्यो ।’
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको दिगो र समावेशी खानेपानी, स्वच्छता तथा सरसफाइ प्रबद्र्धन कार्यक्रम र मोलुङ गाउँपालिकाको स्रोत साझेदारी तथा स्थानीयको श्रमदानबाट ६२ घरमा धारा जडान गरिएको छ । एउटा स्कुल र एउटा स्वास्थ्य इकाइसमेत उक्त खहरे खस्रेनी खानेपानी आयोजनाबाट ६४ धारा वितरण गरिएको छ ।
यी गाउँमा २०४५ सालमा सामुदायिक अस्पताल मिसनको एक कार्यक्रममा २०÷२२ धारा पानी ल्याउने कम भएपनि त्यसपछि कुनै योजना पुगेको थिएन । अहिले यो खानेपानी आयोजना सम्पन्न भएपछि रेडक्रसकर्मी पुग्दा स्थानीयले ‘पानी खुवाउने सर आयो’ भन्छन् ।
उपभोक्ताहरुले लगातार ३३ दिन श्रमदान गरेका छन् । पूर्ण अशक्तलाई श्रमदान लगाइएको छैन भने एकल महिला एकल पुरुषलाई आधा समय श्रमदान लगाइएको छ । यसरी पालिकाबाट १५ लाख, दाताबाट ४४ लाख र स्थानीयको १५ लाख बराबरको श्रमदानले बनेको आयोजनाबाट २०८० पुसदेखि घरघरै पानी पुगेको छ ।
यस अघि यी गाउँमा २०४५ सालमा सामुदायिक अस्पताल मिसनको एक कार्यक्रममा २०÷२२ धारा पानी ल्याउने कम भएपनि त्यसपछि कुनै योजना पुगेको थिएन । अहिले यो खानेपानी आयोजना सम्पन्न भएपछि रेडक्रसकर्मी पुग्दा स्थानीयले ‘पानी खुवाउने सर आयो’ भन्छन् ।
२०४५ सालपछि गाउँमा आएको यही योजनाले स्थानीयको मुहारमा खुसी ल्याएको रेडक्रसका जिल्ला कार्यक्रम संयोजक खिला गुरागाईँ बताउँछन् । गत वर्ष मात्रै यो कार्यक्रम सम्झौता भएर काम शुरु भएपछि स्थानीयबासिन्दा र पालिकाको सहजीकरणमा सहजै योजना सम्पन्न भएको उनको भनाइ छ ।
अघिल्लो वर्ष मात्रै उर्लेनी, माझखर्क र खस्रेनी भञ्ज्याङ जोड्न मोटरबाटोको ट्रयाक खुलेको छ । हिउँदमा जेनतेन बोलेरो र ट्रयाक्टर चल्छन् । बर्षादमा सबै बन्द हुन्छ । यही ट्रयाक खुलेपछि खानेपानी आयोजना पनि सफल भएको हो । यो गाउँमा अब सडक स्तरोन्नति र बिजुलीको अति आवश्यक देखिएको खानेपानी आयोजना अनुगमनमा पुगेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारायण दाहालले बताए । ‘यहाँ पानीपछि अब बिजुली अति आवश्यक देखिएको छ’, उनले भने ।
गाउँबाट पालिका केन्द्र आउन ३÷४ घण्टा भीर र जंगल पार गर्नुपर्छ । बारीमा आलु र अलि अमि मकै फल्छन् । उत्पादनले ३ महिना पनि पुग्दैन । यहाँ डेढ सय परिवारका काम गर्न सक्ने जनशक्ति भारतको लद्दाख, कास्मिर र सिक्कममा श्रम गर्न जान्छन्, १०÷१२ परिवार त उतै बस्न थालिसकेका छन्
गाउँपालिकाले पनि दुर्गममा सडक र बिजुली जोड्ने पालिकाको प्रथामिकता भएको बताएको छ । गाउँपालिका अध्यक्ष उत्तम राई स्थानीय आवश्यकता, योजनाको औचित्य र दिगोपनाको अवस्था हेरेर पालिकाले योजनाहरु वितरण गर्ने बताउँछन् । पालिकाले चाहेमा एक वर्षमै विजुली बल्ने स्थानीय भिषण तामाङ बताउँछन् । हाम्रा कुरा सबैले सुनिदिए गाउँ सुगम हुने उनी बताउँछन् ।
यी तिन गाउँबाट पालिका केन्द्र आउन ३÷४ घण्टा भीर र जंगल पार गर्नुपर्छ । बारीमा आलु र अलि अमि मकै फल्छन् । उत्पादनले ३ महिना पनि पुग्दैन । यहाँ डेढ सय परिवारका काम गर्न सक्ने जनशक्ति भारतको लद्दाख, कास्मिर र सिक्कममा श्रम गर्न जान्छन्, १०÷१२ परिवार त उतै बस्न थालिसकेका छन् । गएकाहरु दशैं मनाउन मात्रै गाउँ आउँछन्, कमाएर ल्याएको पैसाले अन्नबाली र तरकारी किनेर जिविकोपार्जन गर्नुपर्छ ।
गाउँमा रोजगारी नहुँदा विदेशिनुको विकल्प नरहेको स्थानीय बुद्धमाया तामाङ बताउँछिन् । तीन वटै गाउँमा गरि कक्षा पाँच सम्म पढाइ हुने विद्यालय र कहिलेकाँही खुल्ने स्वास्थ्य इकाइ मात्रै यहाँका सरकारी निकाय हुन् । स्वास्थ्य, शिक्षा, रोजगारीको समस्याबाट उठाउन गाउँको विकास जरुरी भएको स्थानीयको भनाइ छ ।
यी गाउँमा आलु र गाण्टे मूला प्रसस्त उत्पादन भए पनि बजार नहुँदा किसानलाई समस्या छ । कृषिका परियोजनाहरु पनि यो गाउँमा पुगेका छैनन् । गाउँमा सेवा सुविधा पालिकाले प्रयाप्त दिने र रोजगारीका लागि उद्यमको वातावरण बनाउने हो भने बसाई सराइ रोकिने पत्रकार जकुमार कार्की बताउँछन् ।
प्रतिक्रिया दिनुहोस