२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

एमालेमा अध्यक्षका तीन आकांक्षी

  • २०८० चैत्र २१, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ओखलढुंगा- नेकपा एमाले ओखलढुंगाकाे  १० औं जिल्ला अधिवेशनमा तीन जना अध्यक्षकाे प्रतिस्पर्धामा देखिएका छन् । वर्तमान उपाध्यक्ष तथा संविधान सभा सदस्य हर्कबाेल राई ज्ञानबहादुर खड्का र सरस्वती कार्की ताराले चुनावी मैदानमा जाने बताएका छन् ।

    एमालेमा ९ ‌‌‍‍औं जिल्ला अधिवेशनदेखी गुटगत प्रतिस्पर्धा हुन थालेकाे हाे । यस अघि सर्वसम्मत नेतृत्व चयनकाे परम्परा थियाे । एमालेमा केपी ओलीसमुहभित्र ईश्वर पाेखरेल पक्ष हावी भएपछि चुनाव शुरु भएकाे हाे । यस अघि एमालेमा ओली र माधव नेपाल समुह हुँदा सहमतिमै नेतृत्व चयन हुने गरेकाे थियाे ।

    यस पटक पनि एक अर्कालाई स्वीकार गर्ने अवस्था नभएपछि नेता कार्यकर्ता  चुनावी मुडमा छन्  । नेताहरु पनि सहमति अस‌ंभव नभए पनि संभावना कम हुँदै गएकाे बताउँछन् ।  राई खड्का र कार्कीले अध्यक्षकाे ‌‌औपचारिक रुपमा अध्यक्ष दावी गरेका छन् भने नेता नानीबाबु बुढाथाेकी पनि सहमतिमा अध्यक्ष बन्ने प्रयासमा लागेका छन् । वर्तमान अध्यक्ष शंकर कट्वालमा अरु विवादित हुने देखिँदा सहमतीय अध्यक्ष  बन्ने आकांक्षा छ ।

    पाेखरेल पक्षबाट अम्बीर गुरुङकाे प्रस्तावमा जिवि खड्का अध्यक्ष बन्ने तयारीमा छन् । चुनाव हुँदा महिला किन पछि पर्ने भन्दै कार्की उम्मेदवार बन्ने बताउँदै आएकी छिन । यद्यपी कार्कीलाई पाेखरेल समुहकाे कुनै पदाधिकारी बनाउने गरि सहमत गराउने प्रयास पनि भइरहेकाे बुझिएकाे छ । एमालेभित्र भूगाेलमा बस्ने नेता कार्यकर्ताहरुले भने राईलाई अध्यक्ष बनाउनु पर्ने मत राख्छन् ।

    खड्काकाे विकल्पमा पनि पाेखरेल पक्षकाे छलफल चलिरहेकाे र खड्का पराजित हुने अवस्थामा पूर्व मन्त्री गुरुङ आफै उम्मेवार हुन सक्ने एक सचिवालय सदस्यले बताए । एमालेभित्र नेतृत्व हात पार्न र आफू अनुकुल नेतृत्व ल्याउने नेताहरुकाे कसरतमा छन् ।

    चैत २६ र २७ मा सम्पन्न हुने अधिवेशनमा करिव ३ सय प्रतिनिधि सहभागी हुने र छनाैटकाे काम अन्तिम चरणमा पुगेकाे एमालेका कार्यालय सचिव राजिव कट्वालले बताए ।

    प्रतिक्रिया दिनुहोस