२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
टिप्पणी

ईश्वर पाेखरेलकाे उत्तेजना, छटपटी र उक्साहटमा पिल्सिएकाे एमाले

  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • दश वर्ष पहिले एमालेकाे युवा संगठनका नेता कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेतलाई गुण्डा र नाइकेका रुपमा महेश बस्नेतलाई नेपाली मिडियाले चित्रित गरेका थिए । आस्थाका हिसाबले सानै स्वरले भए पनि हामीले त्यस लेबलमा खुइल्याउने काम नगराैं भन्याै तर उनीहरु जवरजस्त गुण्डाका रुपमा स्थापित भए ।  उनीहरु डरलाग्दा व्यक्तिका रुमा स्थापित भएका थिए ।

    यसै बेला २०७० साल हुनुपर्छ युवा स‌घले एउटा कार्यक्रम गरेर ओखलढुंगामा पर्शुराम बस्नेतलाई अतिथिका रुपमा बाेलायाे । याे कार्यक्रममा धेरै जना उनलाई हेर्न र सुन्न आएका थिए । उनीसँग भेटेपछि र उनकाे भाषण सुनेपछि यस्ताे मान्छे पनि गुण्डा थियाे र ? भन्ने प्रश्न गरेर धेरै फर्किएका थिए । उनका गल्ति, कमजाेरी थिए, तर मिडियाले यति खेदेकाे थियाे कि, मानाै उनलाई देशमा बस्ने अधिकार नै छैन ।

    तर, त्यही परिवेशमा मिडियाकर्मीसँग भेट्दा उनी सालीनतापूर्वक नै प्रस्तुत भए  । एउटाकाे आक्राेश र कुण्ठा अरुलाई पाेखेनन् । यति कारणले उनीप्रतिकाे धेरैकाे दृष्टिकाेण फेरिएकाे थियाे । याे सन्दर्भ किन जाेडेकाे भने त्यही एमाले पार्टीका हालका बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले उनकाे कार्यशैली व्यवहारप्रति टिप्पणी गरिएकाे याे प‌ंतिकारकाे सत्य तर आलाेचनात्मक लेख पचाउन नसकेर आफु‌ प्रमुख अतिथि रहेकाे जिल्ला अधिवेशनमा बिष वमन मात्र गरेनन्, उनलाई लाग्दै आएकाे आराेपकाे पुन: पुष्टि पनि गरे ।

    पाेखरेलका लागि उनका सेवक र व्यापारीहरु प्रिय लाग्छन्, किनकि उनीहरुले उनकाे सदिक्षा पुरा गरिदिएका हुनन् । उनलाई आलाेचनात्मक चेत भएकाे तर्क गर्ने कुनै व्यक्ति मन नपर्दाे रहेछ । एमाले र त्यस पार्टीका कुनै नेतासँग गाेरु बेचेकाे पनि साइनाे नजाेडिएका लेखकले लेखेकाे एउटन लेखकाे विषय लगेर  पार्टीकाे अधिवेशनमा मसला बनाए। खण्डन गरे, कार्यकर्ताहरुलाई गाली  गरे, र उनका सेवकहरुकाे प्रशंसा गरे,

    उनीमाथि गैरराजनीतिक र व्यापारिक समुह चलाएर ओखलढु‌ंगाकाे एमाले आन्तरिक राजनीतिमा अराजकता थाेपरेकाे, राजनीतिक कार्यकर्ताहरुलाई पाखा लगाएकाे आराेप छ  । याे आराेप पुष्टि हुने गरि उनले गरेकाे भाषण अहिले सामाजिक सञ्जालमा चर्चामा छ । उनी जिल्ला अधिवेशनमा प्रमुख अतिथिका रुपमा आउँदा एमालेका कार्यकर्ताहरुले जिल्लाकाे नेतृत्व सहमतिमा चयन हुने अपेक्षा गरेका रहेछन् । तर उनले उद्घाटन शत्रमा उनका सेवक र प्रश‌ंसकहरुका पक्ष र एक जना पत्रकारले स्वतन्त्र रुपमा लेखेकाे लेखकाे विषय जाेडेर इमान्दार कार्यकर्ताहरु विरुद्ध गरेकाे विष वमनले उनकाे राजनीतिक धरातल कस्ताे रहेछ भनेर जिल्लिएका छन् ।

    हेर्नुस् भिडियाे

    पाेखरेलका लागि उनका सेवक र व्यापारीहरु प्रिय लाग्छन्, किनकि उनीहरुले उनकाे सदिक्षा पुरा गरिदिएका हुनन् । उनलाई आलाेचनात्मक चेत भएकाे तर्क गर्ने कुनै व्यक्ति मन नपर्दाे रहेछ । एमाले र त्यस पार्टीका कुनै नेतासँग गाेरु बेचेकाे पनि साइनाे नजाेडिएका लेखकले लेखेकाे एउटन लेखकाे विषय लगेर  पार्टीकाे अधिवेशनमा मसला बनाए। खण्डन गरे, कार्यकर्ताहरुलाई गाली  गरे, र उनका सेवकहरुकाे प्रशंसा गरे, जाे एमालेभित्र अराजनीतिक र अराजक भिडका रुपमा, समाजमा उदण्ड व्यापारिक झुण्डका रुपमा  स्थापित छन् ।

    एउटा आलाेचनात्मक लेखलाई पचाउन नसकेर उनकाे मथिङ्गल हल्लिएछ, निद्रा हराएछ र  तिनका सेवकहरुकाे मन राेएछ शायद ! त्यही लेखकाे खण्डन मण्डन गरेर जीवनभर एमालेमा पसिना बगाएकाहरुमाथि खनिएर  सेवकहरुलाई शंकटका सारथी भन्दृै उनीहरुले मात्रै एमाले बचाउँन सक्छन् भनेर अधिवेशनलाई चुनावी माेडमा धकेलिदिए ।

    चुनाव उनकाे पार्टीकाे आन्तरिक कुरा हाे । तर, उनकाे आड भराेशा र निर्देशनमा एमालेकाे नाममा सम्पति र शक्ति आर्जन गरेकाहरुकाे रवैयाले जिल्ला नै आक्रान्त बनेकाे छ । २०७२ सालदेखि उनले ओखलढु‌ंगामा गैर राजनीतिक समुहलाई एमालेभित्र आड भराेशा दिएर चलाइ रहेका छन् । यस पटककाे अधिवेशनमा त्यही समुह उचालेर उनी फर्किएका छन् । जसले एमालेलाई छिन्नभिन्न बनाउने निश्चित छ ।

    निर्वाचनबाट कस्ताे नेतृत्व चयन गर्ने, एमाले कस्ताे बनाउने,  मालिककाे सेवक कि जनताकाे,भन्ने चाँहि एमालेका अधिवेशन प्रतिनिधीका हातमा छ । यसले एमालेकाे भविश्य मात्र निर्धारण गर्दै ओखलढुंगाकाे समाज  पनि कस्ताे बनाउने भन्ने सन्देश पनि दिनेछ ।

    याे लेख लेख्दै गर्दा एमालेमा निर्वाचन शुरु भएकाे भएकाे छ । यस अधिवेशनमा पाेखरेलकाे आड भराेसा पाएका अराजनीतिक समुह, राजधानीतिर व्यवसाय गर्नेहरु हावी देखिएका छन् । तिनले याे पंङ्तिकारलाई दर्जनाै‌ पटक फाेन गरेर अधिवेशन बारे नबाेल्न र नलेख्न धम्की दिएका छन् । मैले तिनलाई म तिनका पार्टीकाे सदस्य नरहेकाे, काे जित्छ र हार्छ सराेकार नभएकाे, तर पार्टी र राजनीतिका आडमा समुदाय नै त्रसित बनाउने अराजतकताकाे डटेर खण्डन मण्डन गर्ने जवाफ दिएकाे छु ।

    याे विषय किन पनि उठाउन परेकाे हाे भने पाेखरेलकाे कुण्ठायुक्त भाषण र एमालेकाे अधिवेशन भएर हाेइन कि त्याे अधिवेशनका नाममा देखिएकाे अराजकता र पाेखरेलकाे साथ सहयाेगले जिल्लाकाे वाम जनमत नै छिन्नभिन्न बनाउने र बुर्जुवाहरुतिर ढल्किने चिन्ताले हाे । एउटा पार्टीकाे वरिष्ठ उपाध्यक्ष भएकेा व्यक्तिका भाषा र भाषण चर्चा गर्न लायक नै छैनन् । उनकाे आडमा विकास भएकाे समुहकाे प्रताडना पार्टीकाे कुरा छाडाैं, समुदायका प्रश्न गर्ने सामान्य नागरिकले पनि ब्यहाेर्नु परेकाे छ भने पार्टी भित्र के छ भनेर अनुमान पनि गर्न कठिन हुन्छ ।

    यस्ताे अवस्थामा भइरहेकाे निर्वाचनबाट कस्ताे नेतृत्व चयन गर्ने, एमाले कस्ताे बनाउने,  मालिककाे सेवक कि जनताकाे,भन्ने चाँहि एमालेका अधिवेशन प्रतिनिधीका हातमा छ । यसले एमालेकाे भविश्य मात्र निर्धारण गर्दै ओखलढुंगाकाे समाज  पनि कस्ताे बनाउने भन्ने सन्देश पनि दिनेछ ।

    प्रतिक्रिया दिनुहोस