२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
एमाले ओखलढुंगामा ईश्वर-शेरधन फ्याक्टर

शंकर कट्वालले पार्टी छाड्नु पछिका परिदृश्य

  • २०८० चैत्र २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ओखलढुंगा- दुई वर्ष पहिले पार्टी अध्यक्ष निर्वाचित भएर कार्यकाल नसकिदै नेतृत्व हस्तान्तरण गर्ने तयारीमा जुटेका एमालेका जिल्ला अध्यक्ष श‌ंकर कट्वाल शानदार अधिवेशन सकेर विदा लिन चाहान्थे । उनलाई अध्यक्ष बन्ने इच्छा नभएकाे हाेइन तर पार्टी भित्र बन्दै गरेकाे गुट र त्यहाँकाे अराजनीतिक व्यवहारबाट उनी आजित थिए ।

    यतिसम्म कि अध्यक्षले वैठक बाेलाउन पनि अरुकाे सहमति लिनु पर्ने अवस्था खडा गरियाे । उनी जुन टिमकाे समर्थनमा यस अघि अध्यक्ष बने त्यही टिमले उनलाई असफल मात्रै बनाउन खाेजेन अन्तत पार्टी छाड्नु पर्ने बाटाेमा पुर्यायाे ।स्थानीय निर्वाचनमा टिकट वितरणदेखि अधिवेशनसम्म आइपुग्दा उनले अनेक आराेप खेप्नु पर्याे ।

    एमालेभित्र शीर्ष नेताकाे स‌ंरक्षणमा हुर्किएकाे व्यापारिक समुहले उनलाई हतियार मात्रै बनाउने खाेजेपछि अन्तत: उनले विद्राेह गरे । ३४ वर्ष लगानी गरेकाे पार्टी परित्याग गर्ने अवस्था कम्ति पीडादायी हाेइन । उनी कस्लाई बनाउने भन्ने खेलमा सहभागी नहुन र विवादित बन्न नखाेजेका कारण ईश्वर पाेखरेल संरक्षित व्यापारिक समुहकाे काेपभाजनमा परे ।

    पार्टी छाड्नुका तात्कालिक परिदृश्य 

    अतिथि बनेर आएका पाेखरेलसहितका केन्द्रीय नेता र प्रदेश अध्यक्ष स्वयं प्रतिनिधि छान्ने र यसाे यसाे गर भन्दै आदेश दिने गर्न लागेपछि उनले अध्यक्षकाे काम गर्न पाएनन् । स‌ंगठन विभागकाे अभिलेखमा रहेका सदस्य प्रतिनिधी आएका व्यक्ति कटाउन र थप्न अथितिहरु नै लागि परे । यस्ताे अवस्थामा उनले २७ चैतमा जिल्ला ईञ्चार्जलाई अध्यक्ष र पार्टी सदस्यता त्यागेकाे पत्र प्रदेश अध्यक्षलाई बुझाएका थिए ।

     

    उनकाे याे निर्णयका पछि आफ्नै कमजाेरी पनि हाेलान् तर मूलत पार्टीभित्रकाे एउटा व्यापारिक समुहले अध्यक्षकै अधिकार खाेसेपछि उनले यस्ताे निर्णय लिएका हुन सक्छन् । तिथिका रुपमा आएका शीर्ष नेताहरुको दवावमा प्रतिनिधीको अन्तिम नामावली तयार गर्दा हस्तक्षेप गरेर थप्ने र हटाउने काम हुन थालेपछि उनले विधी विपरितको हस्तक्षेप भन्दै प्रतिवाद गरेका थिए ।

    जिल्ला अधिवेशनमा पार्टीको केन्द्रिय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पठाएको ६ जनाको सदस्यता अभिलेख नमान्न अथितिका रुपमा आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पोलिटव्यूरो सदस्य शेरधन राई, प्रदेश अध्यक्ष धनश्याम खतिवडा लगायतले दवाव दिएका थिए ।

    ‘दशौं जिल्ला अधिवेशनमा जे जस्तो रवैया, भाँडभैलो र आरोपप्रत्यारोपको होड चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले ३४ बर्षे राजनीतिक जीवनमा यस्तो विधी र पद्धति बिहिनता देखिएको थिएन ।’

    उक्त दवाव विधी, पद्धति र संगठन विभागको परिपत्र विपरित भएको भनेर उनले स्वीकार गरेका थिएनन् । त्यसपछि अतिथिहरुको हस्तक्षेपबाट प्रतिनिधी समेत छनौट भएर आएका र उपाध्यक्ष पदका दावेदार खड्गबहादुर कार्की लगायत छ जना प्रतिनिधीलाई मान्यता नदिने निणर्य भएको थियो । यसले बन्द शत्र एक दिन लम्बिएको थियो ।

    त्यसपछि जिल्ला अधिवेशन उद्घाटन लगत्तै कट्वालले संगठन विभागले पठाएका सदस्य, गाउँपालिका र वडाबाट छनौट भएका प्रतिनिधिलाई हटाउन जवरजस्त हस्तक्षेप गरेपछि उनले पार्टीत्याग गरेको पत्र जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई थमाएका थिए ।

    राजनीनामा पत्रमा उनले अतिथिहरुले गरेको गुटबन्दी र हस्तक्षेप खुलाएका छन् । मतदाता नामावली प्रकाशन गर्ने क्रममा आफ्नो निणर्य गर्ने अधिकार समेत नदिएर हस्तक्षेप गरेको, गुटउपगुट निर्माण गरि आरोप प्रत्यारोप गर्ने काम गरेको उल्लेख गरेका छन् । उक्त पत्रबारे अतिथिहरुले कुनै प्रतिक्रिया नदिएपछि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पार्टी सदस्य समेत त्यागेको घोषणा गरेका छन् ।

    मंगलबार र बुधबार भएको अधिवेशनमा जिल्ला कमिटीका अध्यक्ष भए पनि उनी निर्वाचन प्रकृयामा सहभागी भएका थिएनन् । बिहीबार विहान सामाजिक सञ्जला फेसबुकमा स्टाटस लेख्दै कट्वालले पार्टी सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टी त्यागको पुष्टि गरे । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय कट्वाल यस अघिको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

    उनले टेलिफोनमा आफुले निकै कठोर निणर्य लिएको बताए । निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै उनले २७ गतेको पत्र सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशौं जिल्ला अधिवेशनमा जे जस्तो रवैया, भाँडभैलो र आरोपप्रत्यारोपको होड चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले ३४ बर्षे राजनीतिक जीवनमा यस्तो विधी र पद्धति बिहिनता देखिएको थिएन ।’

    जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेर आएका वरिष्ठ उपाध्यक्ष पोखरेल र पोलिटव्यूरो सदस्य राई र प्रदेश अध्यक्ष खतिवडाले जिल्लामा राजनीति नगर्ने व्यापारीहरुको समुह खडा गरेर चुनावी प्यानल खडा गरेर चुनाव गराएका थिए । निर्वाचनमा त्यही समुह जिताउन उनीहरु तीन दिन जिल्ला बसेर लबिङ गरेका थिए ।

    अधिवेशनका प्रतिनिधी र पार्टी सदस्य समेत कस्को स्वीकृत गराउने कस्को नगर्ने भनेर अतिथिहरुले नै निणर्य गर्न थालेपछि कट्वालले अध्यक्ष पद र पार्टी सदस्यता त्यागेको पत्र चैत २७ मै बुझाएका थिए । उनीहरुको हस्तक्षेप पछि एमालेभित्र चर्को असन्तुष्टि देखिएको छ भने जिल्ला अध्यक्षले नै पार्टी त्यागेपछि एमालेमा खैला बैला मच्चिएकाे छ ।

    एमाले अब पार्टी नभएर व्यापारिक समुहकाे झुण्ड भएकाे टिप्पणी हुन थालेकाे छ  । भर्खरै निर्वाचित एक जिल्ला सदस्य भन्छन्, ‘अब पार्टी कार्यलय ओखलढुंगा र काठमाण्डाैंतिरै भेटिएला, गाउँमा बसेर काम गर्ने सबै पाखा लगाइएकाे छ आएर काम गर्ने अवस्था पनि छैन ।’

    जिल्लामा यस अघि पहिलाे दल बनेकाे एमाले १० औं अधिवेशनसँगै उसकाे यात्रा ओरालाे लागेकाे भन्दै शुभेच्छुकहरुले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस