२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सहकारी र गिरीबन्धु दुवै काण्ड छानविन हुनुपर्छ: संग्रौला

  • २०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सहकारीदेखि गिरीबन्धु लगायतका सबै काण्ड छानविन गर्न संसदीय समिति बन्नु पर्ने बताएकी छिन् । ओखलढुंगामा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्री जोडिएको सहकारीदेखि एमाले अध्यक्ष केपी ओली जोडिएको गिरीबन्धु टि स्टेट समेतको छानविन हुनुपर्ने कांग्रेसको बटमलाइन रहेको बताइन् ।

    जागरण अभियानमा पूर्वी पहाड भ्रमणमा निस्केकी नेता संग्रौलाले क्रियाशील सदस्यता वितरण कार्यक्रममा पनि सहभागिता जनाइन् । उनले सुशासन कायम गर्न पनि रवि लामिछाने र केपी ओलीमाथि छानविन हुनु पर्नेमा जोड दिइन् । ‘आज अदालतबाट फैसला आइसकेको छ, यो नीतिगत भ्रष्टाचार हो, तत्कालीन ओली सरकारले कानुन नै परिवर्तन गरेको थियो’ उनले भनिन् ।

    यस्तो नीतिगत भ्रष्टाचार पनि छानविन हुनुपर्छ भनेर कांग्रेसले सदनमा मुद्दा राखिरहेको उनको प्रष्टीकरण छ । संसद चलाउन शुभकामना दिँदै उनले सदन प्रतिपक्षको भएकाले सोही अनुसार अघि बढ्नु पर्ने पनि जनाइन् ।

    नीति कार्यक्रम कर्मकाण्डी

    सरकारको नीति तथा कार्यक्रममाथि पनि उनले टिप्पणी गरिन् । सरकारको नीति तथा कार्यक्रमले कृषकलाई नछोएको उनले बताइन् । किसानका उत्पादनले मूल्य नपाए पनि भारतबाट आयतित विष खानु पर्ने बाध्यता रहेको भन्दै आक्रोश पोखिन् ।

    जनताको आवश्यकतामा नछुने र कार्यकर्ता पोस्ने गरि आएको कार्यक्रमले जनजीविकाका सवाल नछुने उनको तर्क छ । उनले प्रधानमन्त्री छोरी आत्म निर्भर कार्यक्रम आफ्नै कार्यकर्ता पोस्न ल्याएको उनको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस