२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

कोरोना अपडेटः ओखलढुंगामा बुधबार १६ नयाँ संक्रमित थपिए

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा बुधबार आज थप १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको दुई स्थानिय तहमा गरिएको ५८ जनाको एन्टिजेन परिक्षणका क्रममा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    संक्रमण पोजिटिभ देखिएका मध्ये सिद्धिचरण नगरपालिकाका १२ र लिखु गाँउपालिकाका ४ जना रहेका छन् । तिमध्ये १० जना पुरुष र ६ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आईसोलेसनमा रहेका छन् ।

    हाल जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ । जसमा १३ जना संस्थागत आईसोलेसनमा र २ सय २ जना होम आईसोलेसनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस