२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

विश्वव्यापी सञ्जालले थाल्यो स्वास्थ्य संस्थाहरुमा अनुगमन

  • २०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगे सञ्जालले जिल्लामा सहयोग गरेको स्वास्थ्य सामाग्री तथा उपकरणको अनुगमन शुरु भएको छ । सञ्जालका सचिव श्रीराम गुरुङको टोलीले स्वास्थ्य संस्थाहरुमा अनुगमन शुरु गरेको हो ।

    बिहिबार मात्रै ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा पुगेर आईसियु बेड, अक्सिजन सिलिन्डर लगायतका सामाग्रीहरुको सदुपयोग भए नभएको अनुगमन गुरुङले गरेका थिए ।
    अनुगमनको क्रममा मिसन अस्पतालमा सहयोग गरिएको उपकरणहरुको राम्रोसँग सदुपयोग भएको सचिव गुरुङले फेसबुक मार्फत जनाएका छन् । त्यसैगरि सदरमुकाम आसपासका स्वास्थ्य चौकीहरुमा समेत बिहिबार नै अनुगमन गरिएको छ ।

    जिल्लाको प्रत्येक स्वास्थ्य संस्थालाई साधारण बेड, ४० लिटरको उपकरण सहितको अक्सिजन सिलिन्डर, अक्सिमिटर, थर्मल गन लगायतका सामाग्री उपलब्ध गराएको थियो ।
    त्यसैगरि जिल्ला अस्पताल रुम्जाटार, मिसन अस्पताल ओखलढुंगालाई आईसियु बेड उपलब्ध गराएको थियो । मोलुङ गाउँपालिकाले स्वास्थ्य सामाग्रीहरु लिएको महिनौं सम्म वितरण नगरेपछि नागरिक मिडिया ले समाचार नै लेखेको थियो ।

    त्यसपछि हाल सबै स्वास्थ्य चौकीमा ती सामाग्रीहरु वितरण भएका छन् । अन्य स्थानीय तहमा पनि जिल्लाबाट पठाइए अनुसार पुगे नपुगेको सम्बन्धमा स्थलगत रुपमै अनुगमन गर्ने विश्वव्यापी सञ्जालका सचिव श्रीराम गुरुङले बताए ।

    माेलुङका स्वास्थ्य संस्थामा दिइएकाे सामग्री स्टाेरमा रहेकाे पाइएकाे थियाे । त्यसबारे नागरिक मिडिया ले समाचार प्रकाशन गरेपछि हाल वितरण भएकाे छ ।

    गुरुङ दक्षिण कोरियाबाट भर्खरै जिल्ला फर्किएका हुन् । सञ्जालमा रहेर उनले गरेको योगदानको कदर गर्दै बिहिबार उद्योग वाणिज्य संघ ओखलढुंगाले उनलाई खादा ओढाएर स्वागत गरेको थियो । उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्केले विश्वव्यापी सञ्जालले गरेको कामको प्रशंसा गरे । सञ्जालबाट प्राप्त सामाग्री वितरणमा वाणिज्य संघका अध्यक्ष मास्के आफैले समन्वय गरि सहयोग गरेका थिए ।

    संसारभर रहेका ओखलढुंगेले रकम संकलन गरि कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगे सञ्जाल मार्फत करिब ७० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । सो सञ्जालको संयोजन शिवजी श्रेष्ठले गरेका थिए भने कोषाध्यक्ष दिनबन्धु प्रेमी छन् ।

    यस अघि सञ्चारकर्मी तथा नागरिक समाजले सञ्जालबाट दिइएका सामग्रीकाे उपयाेगिताबारे साेधीखाेजी गरेकाे थियाे । माेलुङका स्वास्थ्य संस्थामा दिइएकाे सामग्री स्टाेरमा रहेकाे पाइएकाे थियाे । त्यसबारे नागरिक मिडिया ले समाचार प्रकाशन गरेपछि हाल वितरण भएकाे छ ।

    याे पनि पढ्नुहाेस्

    माेलुङका स्वास्थ्य चाैकीमा पठाइएका स्वास्थ्य उपकरण रामपुरकै स्टाेरमा !

     

    प्रतिक्रिया दिनुहोस