Advertisement
SKIP THIS
२०७८ आश्विन ३०, शनिबार | Sat, 16, Oct, 2021

माेलुङका स्वास्थ्य चाैकीमा पठाइएका स्वास्थ्य उपकरण रामपुरकै स्टाेरमा !

  • २०७८ भाद्र ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएको पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमा थन्किएका हुन् ।

    कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुका लागि दिएका सामग्री रामपुरस्थित कोभिड अस्पतालको स्टोरमा थन्किएका हुन् । गाउँपालिका मार्फत उपलब्ध गराइएका सामग्रीहरु वितरण नभएपछि स्टोरमै रहेको पाइएको नागरिक समाजका बोधनारायण श्रेष्ठले बताए ।

    जिल्ला पैरवी सञ्जालको तर्फबाट स्वास्थ्य संस्थाहरुको अवस्था र सेवा प्रवाहबारे अवलोकन गर्न पुगेको पत्रकार तथा नागरिक समाजको टोलीले स्वास्थ्य संस्थामा सामग्री नपुगेको पाइएको श्रेष्ठले जानकारी दिए ।

    सामग्री गाउँपालिका केन्द्रमा रहेको प्राप्चा स्वास्थ्य चौकीमा समेत वितरण गरिएको छैन । ‘हामी कहाँ बाहिरबाट उपलब्ध कुनै सामग्रीहरु अहिलेसम्म आएको छैन’ हर्कपुर स्वास्थ्य चौकीका प्रमुख भरत प्रधानले भने ।

    जिल्लाबाट विभिन्न देशमा रोजगारको शिलशिलामा विदेशमा रहेका ओखलढुंगेहरुको सो सञ्जालले जिल्लामा ७१ लाख बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुका लागि साधारण बेड, ४० लिटरको उपकरणसहितको अक्सिजन सिलिण्डर, विपी मोनिटर, थर्मोमिटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

    जिल्लास्थित सहयाेग समितिले स्थानीय तहलाई त्यस्ता सामग्री कोभिड १९ को जाखिमको समयमा उपयोग गर्न हस्तान्तरण गराएको थियो । स्वास्य सामग्री उपलब्ध नभएको विषयमा मोलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरि दाहालले कार्यपालिका बैठकले निणर्य गरेर वितरण गर्ने भनेकाले स्टोरमा रहेको बताए ।

    उनले बैठक नबसेकाले वितरण नभएको भन्दै एक हप्ताभित्रै सबै सामग्री वितरण गरिने जनाए ।

    हेर्नुहाेस् सञ्जालले उपल्बध गराएका सामग्री तथा खर्च विवरण 

     

    प्रतिक्रिया दिनुहोस