२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

तीव्र प्रतिस्पर्धाका बीच लिखुमा अशाेक कार्की जीत नजिक

  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकाकाे मत परिणाम आउन बाँकी छ । केही समयमा मत परिणाम सार्वजनिक हुने बताइएकाे छ । सबै वडाकाे मत गणना सकिएर वडा नं ५ काे ६०० गणना भएकाे छ ।

    अहिले कांग्रेसका अशाेक कार्कीले ३२७२ मत पाएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी मिलनकुमार विष्टले ३२५१ मत ल्याएका छन् । शुरुदेखि नै अग्रता हासिल गरिरहेका विष्ट अहिले झिनाे मतले पछि छन् । लिखुमा  तीब्र प्रतिस्पर्धा छ ।

    २१ मतकाे मतान्तर हुँदा कांग्रेसकाे गढ मानिएकाे वडा नं ५ मा गणना भइरहकाे छ । याे वडामा कार्कीलाई बहुमत भाेट आउने भएकाले जित निश्चित जस्तै रहेकाे स्थानीय बताउँछन् ।

    उपाध्यक्षमा एमाले अस्मिता थापाकाे जित निश्चित जस्तै छ । उनले प्रतिस्पर्धीलाई गन्नबाँकी भाेटभन्दा बढिले उछिनेकी छन्  ।

    प्रतिक्रिया दिनुहोस