२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
उम्मेदवार परिचय

काे हुन् जिवनाथ, जाे उदयपुर २ काे ख मा उम्मेदवार छन् ?

  • २०७९ आश्विन २६, बुधबार मा प्रकाशित १ साल अघि
  • उदयपुर-  उदयपुरको क्षेत्र नम्बर २ मा प्रदेश सभा ख बाट नेपाल कम्युनिष्ठ पाटी (नेकपा) एमालेबाट ३० वर्षीय युवा जिवनाथ दाहालले उमेद्वारी दिए । कटारी – ४ स्थायी घर भएका दाहालको उमेद्वारीले नेकपा एमाले भित्रको संसदीय राजनीतिमा नयाँ पुस्ताको उदय भएको विश्लेषण शुरु भएकाे छ ।  निकै लामो सकसपछि दाहाललाई एमालेले उमेद्वार बनाएको हो ।

    २०४९ सालमा तत्कालिन उदयपुरको मंयखु गाविस हाल कटारी – १३ मा जन्मिएका दाहालको राजनीतिक यात्रा २०६४ देखि सुरु भएको थियो । २०६४ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविवियु ) प्रारम्भिक कमिटीबाट राजनीति थालेका दाहालले त्यसपछि क्रमश अनेरास्ववियुको क्षेत्रीय कमिटी अध्यक्ष हुँदै उदयपुर जिल्लाको उपाध्यक्ष र केन्द्रिय कमिटी सदस्यसम्मको यात्राले यस क्षेत्रमा नेकपा एमालेलाई मजबुद बनाएकाे थियाे ।

    संचारक्षेत्रमा आबद्ध दाहालसँग लामो समय पत्रकारिताको अनुभव समेत छ । युके एफ एम १०६दशमलब ८ मेगाहर्ज कटारीलाई स्थापनाकालदेखि अघि बढाउँदै , कान्तिपुर टेलिभिजन , नयाँ पत्रिका दैनिकका साथै उदयश्रीमिडिया प्रालिद्वारा पनि दाहालले यस क्षेत्रमा संचारका माध्यमबाट सामाजिक चेतनाको विकासमा योगदान दिएका छन्।

    ३० वर्षे युवा उमेरमै दाहालले कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा विभिन्न कार्यक्रमहरु मार्फत समाजसेवा गर्दै आएका छन् । समाजमा रहेका विकृति विसंगति विरुद्ध डटेर लड्ने स्वाभावका दाहालले गरिब ,  असहाय समुदायलाई आर्थिक तथा भौतिक सहयोग समेत नियमित गर्दै आएका छन् । ‘समाजमा परेका अप्ठ्यारा असजिलोहरुमा सकेको सहयोग गरेको छु । ’दाहालले भने –‘अझ शसक्त भएर यस क्षेत्रको सवैखाले विकासका लागि लड्नुपर्छ भन्ने मान्यताले उमेद्वारी दिएको हुँ ।’

    विश्वव्यापी कोरोना संक्रमणको समस्यामा स्वास्थ्य क्षेत्रदेखि लिएर अनवरत दिनदु:खीको समस्यामा अघि बढेर समाधानमा लाग्ने दाहाल एमाले भित्रैका पनि नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भन्न सक्ने निडर युवा हु्न ।  पछिल्लो समय युवाहरुलाई रोजगारी दिने ,  संगठित गर्ने, जनचेतनाको विकास गर्ने, सिप विकासका काममा तल्लीन युवा दाहालले शैक्षिक क्षेत्रमा पनि याेगदान गरेका छन् ।

    मिलनसार ,कट्टर तथा आँटेताकेको काम पुरा गरेरै छाड्ने दृढ संकल्पले अघि बढ्ने स्वाभावका दाहाल यस क्षेत्रका युवा नेतृत्वमा चर्चित उमेद्वार हुन् । पार्टीमा आएका विचलन अप्ठ्यारा , असहजताकावीच पनि एमालेको लागि सतिसाल भएर उभिंदै जनताको काममा सेवक बनेर हिंडिका उनी  प्रदेश सभाको सबै भुगोलमा पुगेर सांगठानिक काम गरेका छन् ।

    यस क्षेत्रका हरेक पाटी , पौवा , पुल, पुँलेसा , चोक र गल्लीहरु , के वृद्ध , के युवा , के वालवालिका , के महिला सवै वर्गसँग दाहालले नजिकको सम्बन्ध छ । यस क्षेत्रका हरेक गाउँको माटोको सुगन्धले परिचित दाहाललाई यहाँको समस्या बारेमा राम्रोसँग थाहा छ । ‘हरेक वस्तीहरुको अनेकन समस्याहरु छन् यसलाई समाधान गर्ने योजना बनाएका छु’ दाहालले थपे ‘यसपटक जनताले मलाई काम गर्ने ठाउँमा पुराउने आशामा छु । ’

    युवा उमेद्वार दाहाल यस क्षेत्रको मात्रै नभएर देशकै एउटा आशालाग्दो किरणका रुपमा उदाएका छन् ।  प्रदेश नम्बर १ को प्रदेशसभाकाे संसदीय अभ्यासलाई प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास गर्न सकिन्छ ।

    प्रस्तुति: रेणु पराजुली

    प्रतिक्रिया दिनुहोस