२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
उम्मेदवार परिचय

काठमाण्डाैं क्षेत्र नं १ प्रदेश सभा (क) का उम्मेदवार दिपेन्द्र श्रेष्ठ काे हुन् ?

  • २०७९ कार्तिक ६, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाण्डाैं-  नेपाल विद्यार्थी संघमा २०५० सालमा आबद्ध भएर राजनीति शुरु गरेका कांग्रेस नेता दिपेन्द्र श्रेष्ठ काठमाण्डाैं क्षेत्र नं १ काे प्रदेश सभाकाे उम्मेदवार छन् ।

    युवाहरुमाझ लाेकप्रिय र समाजसेवीका रुपमा परिचित नेता श्रेष्ठ दाेस्राे पटक चुनावी मैदानमा छन् । यस अघि साेही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका उनी वाग्मति प्रदेश सरकारका मन्त्री थिए ।

    उनले राजनीतिक आन्दाेललनमा लाग्दा जेल बस्ने देखि विद्यार्थी आन्दाेलनमा हुँदा प्रहरीकाे यातना भागेका छन् । २०५० देखि २०६० सम्म नेवि संघकाे काठमाण्डाैं जिल्लाकाे नेतृत्वमा रहेर काम गरे । ३ पटक जिल्ला सभापति एक पटक २०६१ मा केन्द्रीय सहायक महामन्त्री र स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

    उनले पार्टीका क्षेत्रीय कमिटी हुँदै २०६७ सालमै महाधिवेशन प्रतिनिधि समेत भइ काम गरेकाे अनुभव छ । उनले यस अघि थालेका काम पुरा गर्न पनि फेरि यस क्षेत्रकाे उम्मेदवार भएर आएकाे बताएका छन् । उनले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा खाेज्नेदेखि कृषि, शिक्षा, उद्याेग, कला संस्कृति र पर्यटनका क्षेत्रमा काम गर्ने लिखित याेजना लिएर मतदाता माझ आएका छन् ।

    आफ्ना क्षेत्रका नागरिकलाई ‘उनी मलाई सुखमा हैन दुखमा सम्झिनु, सेवामुखी राजनीति मेरो प्रतिबद्धता हाे’ भनेर मत माग्दै छन् । सामाजिक तथा धार्मिक क्षेत्रमा निकै याेगदान गरेका श्रेष्ठका याेजना र चुनावी एजेण्डा मतदाताले पनि मन पराएकाे काँग्रेस कार्यक्रताहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस