२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

लकडाउनमा बलात्कार १ सय ९ घटना, ९ वैवाहिक बलात्कार

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं-  लकडाउनको अवधिमा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।

    लकडाउनको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १ सय ९ बलात्कारका घटना रहेका हुन् । बलात्कारमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत ९६४ जना० छिमेकी रहेका छन् ।
    महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत ९१७ जना परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिइन्।

    ओरेकले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ । जसमध्ये ४२४ घरेलु हिंसा, १०९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।

    ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको उहाँले बताउनुभयो । यीमध्ये ८७ घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएका हुन् । समाजमा महिलाप्रति रहेको असमान दृष्टिकोण र व्यवहारको कारण महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने गलत सोचका कारण हिंसाका घट्नामा कमी नआएको तिम्सिनाको भनाइ छ ।

    बलात्कार जस्तो निकृष्ट मानवाधिकार हननका घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको, प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार पनि अमानवीय र निन्दनीय रहेको ओरेकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस