२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

१ सय ३७ जनाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- स्वाब परीक्षणका लागि विराटनगर पठाइएका १ सय ३७ जनाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुधबार १ सय ३७ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

    जसमध्ये सयजनाको रिपोर्ट हिजो शुक्रबार नेगेटिभ  आएको थियो । शनिबार थप ३७ को रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    यससँगै जिल्लामा पीसीआर परीक्षण गरिएको संख्या २ सय ४५ पुगेको छ । जसमा केहीअघि लिखु गाउँपालिकाका २८ वर्षीय एक युवामा कोरोना पोजेटिभ देखिएको थियो । उनी विराटनगरस्थित कोरोना अस्पतालमा उपचाररत छन् ।

    यस्तै जिल्लामा आरडीटी परीक्षण गरिएको संख्या ५ सय ३१ पुगेको छ । आरडीट परीक्षणमा हालसम्म पोजेटिभ देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस