२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

नागरिकता विधेयकले हिंसा र विभेदलाई प्रोत्साहन गर्योः जसपा

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– सरकारका तर्फबाट सदनमा प्रस्तुत नागरिकता विधेयकले पारिवारिक, सामाजिक, सांँस्कृतिक र धार्मिक सम्बधलाई अबरुद्ध पार्ने जनता समाजवादी पार्टीको निष्कर्ष छ । विधेयकले नेपालीको भारतलगायत देशका नागरिकसँगको सम्बन्धलाई भत्काउने काम गरेको निष्कर्षसहित साेही विधेयक विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
    जनता समाजवादी पार्टी, ओखलढुंगाका अध्यक्ष नेत्रबहादुर नेम्वाङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्रमा अगंकृत महिलालाहरुलाई लैंगित विभेद, असमानता र हिंसालाई प्रोत्साहन गरेको दावी गरिएको छ । विद्यमान परिवेशमा अन्तरजातीय र अन्तराष्ट्रिय विवाहको प्रचलन बढीरहेकाले नेपालीसँग विवाह गरेर आउने महिलाले विभेदको सिकार हुनु पर्ने अवस्था सृजना गरेकाले त्यस्तो विधेयक सच्याउन माग गरिएको छ ।
    विधेयकले गोरखा सैनिकहरुलाई गैर नागरिक बनाउने काम गरेको, यौनिक तथा लैंगिक अल्पसंख्यको अधिकार हनन् गरेको जनता समाजवादी पार्टीको ठहर छ । सरकारले नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक २०७७ सदन प्रस्तुत गरेको छ ।

    उक्त विधेयकमा नागरिकता ऐनको अंगिकृत नागरिकता सम्बन्धी व्यवस्थामा विदेशी महिलालले नेपाली पुरुषसँग विवाह गरेर ७ वर्ष स्थायी बसोबास गरेमा अंगिकृत नागरिकता दिन सकिने प्रावधान प्रस्ताव गरेको छ ।
    उक्त विधेयक नेपालको संविधान, नेपाल पक्ष राष्ट्र रहेको सबै प्रकारका विभेद उन्मूलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विपरित रहेको जसपाको दावी छ ।

    तस्वीर: प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै जसपाका जिल्ला अध्यक्ष नेत्रबहादुर नेम्वाङ । साैजन्य: नरेश नेम्वाङ । 

    प्रतिक्रिया दिनुहोस