२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

ओखलढुंगाका थप १ जनामा काेराेना स‌क्रमण

  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिकाका एक युवामा कोरोना पुष्टि भएको छ । संक्रमित २४ वर्षीय युवा रहेका छन् । जिल्लाबाट पछिल्लोपटक परीक्षणका लागि पठाइएका २१ मध्ये एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले बताए । संक्रमित युवा गएको असार २६ गतेका दिन साउदी अरेबियाबाट ओखलढुंगा आएका थिए ।

    उनी ओखलढुंगा सदरमुकामस्थित क्वारेन्टाइनमा रहेका छन् । संक्रमित युवालाई ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ । ओखलढुंगामा हालसम्म ६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

    जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् । ३ जनाको ओखलढुंगा सामुदायिक अस्पतालको आइसाेलेशनमा उपचार भइरहेको छ । एक जना बृद्धालाई भने लिखु गाउँपालिका २ स्थित घरैमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस