२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कसरी भयाे १५ भारतीय मजदुरलाई ओखलढुंगामा कोरोना संक्रमण ?

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– ओखलढुंगामा १५ भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्युत आयोजनाको सोलु करिडोर खण्डमा काम गर्ने ती मजदुरमा कोरोना देखिएको हो ।
    मानेभञ्ज्याङ गाउँपालिकाबाट उनीहरुको स्वाब परीक्षण गराएको थियो । केही दिन अघि जिल्लाबाट परीक्षणका लागि स्वाब पठाइएका ५५ मध्ये १५ जनाको कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
    संक्रमित मजदूरहरु भातरबाट काम गर्नका लागि असार २६ गते मानेभञज्याङ आइपुगेका थिए । संक्रमण पुष्टि भए पनि अहिले उनीहरु मानेभञ्ज्याङ गाउँपालिकामा नरहेको पाइएको छ ।
    स्थानीयले भारतबाट आएकालाई काम गर्न नदिएपछि शुक्रबार विहानै उनीहरुलाई आयोजनाले उदयपुर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीको भनाइ छ । मानेभञ्ज्याङमा रहँदा बालेथाम र रिचुवाको विद्यालयमा संक्रमण पुष्टि भएका मजदूरहरु बसेको पाइएको मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताउनुभयो ।
    यसअघि ओखलढुंगामा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै ओखलढुंगामा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २१ पुगेको छ । एकजना भने निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस