२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

शुक्रबार १०१ जनामा संक्रमण पुष्टि, ६६ प्रतिशत डिस्चार्ज

  • २०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको संख्या १७ हजार ४४५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आफ्नो नियमित पत्रकार सम्मेलनमा हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

    पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालामा चार हजार ६८८ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ ।

    हाल २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, आईसोलेशनमा पाँच हजार ८७१ जना छन् ।

    प्रतिक्रिया दिनुहोस