२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने पक्राउ

Thumbnail
  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • मोरङ- मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका-१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस