२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
काेराेना कहर

शनिबार ५७ मात्रै संक्रमित, निको भएर १ सय ३ घर फर्किए

अहिलेसम्म निको भएर घर जानेको संख्या ११ हजार ६ सय ३७ पुग्याे

  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– शनिबार देशभर गरिएको पिसिआर परिक्षणमा ५७ जना कोरोना संक्रमित फेला परेका छन् । देशभरका २७ प्रयोगशालामा भएका परिक्षणमा ती संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार ३ हजार ३ सय ३१ जनाको पिसिआर परिक्षण गरिएको थियो । आजै अस्पतालबाट १ सय ३ जना निको भएर घर फर्किएका छन् ।

    यसरी अहिलेसम्म निको भएर घर जानेको संख्या ११ हजार ६ सय ३७ रहेको छ । यस्तै अस्पतालमा ५ हजार ८ सय २८ उपचाररत रहेका छन् । निको हुनेको प्रतिशत ६६.१२ रहेको छ ।

    नेपालमा निको भएका, मृत्यु भएका र उपचाररत समेत गरेर १७ हजार ५ सय २ जना कोरोना संक्रमित पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस