२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

यसरी भयाे नेकपामा युध्दबिराम !

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  गल्ती भएको भए सुधार्ने, छिट्टै महाधिवेशन आयोजना गर्ने र सो को प्रारुप स्थायी समितिमा पेश गर्ने सहमतिमा नेकपाको सचिवालय बैठक सकेर दुई अध्यक्ष बृफिङ्गको निम्ति शीतल निवास पुगेका छन् ।

    प्रधानमन्त्रीले लामो समय बोलेको,अरुले उहाँको राजीनामा नमागेको आजको बैठक चर्काचर्की बिना सकिएको हो ।

    वीचको समय एक अध्यक्षले ढुक्कसँग पार्टी चलाउने र बहालवाला प्रधानमन्त्री सरकारको काममा पूरा खटिने दुई जनावीच छुट्टै सहमति सचिवालय बस्नुअघि एक बजेदेखि शुरु वार्तामा भएको श्रोतको दावी छ ।

    अध्यक्ष प्रचण्ड एक पद छाड्ने प्रस्ताव आएको र उधारो कागजमा सहि नगर्ने भन्दै निवासबाट निस्कनुभएको थियो । “विवाद सल्टाउन अर्ली महाधिवेशन सम्भव छ त ?”, भन्ने प्रश्नमा एक सचिवालय सदस्यले बताउनुभयो-किन नसक्नु, एमालेको नवौं महाधिवेशन डेढ महिनाको तयारीमा सम्पन्न भएको हो । तर,परिस्थिति यसरी भनिए झैं सजिलो चाहिँ होइन । -जनआस्थाबाट

    प्रतिक्रिया दिनुहोस