२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

ज्ञानकुमारीकाे ठाउँमा सुवर्णले लिइन् सांसदकाे सपथ

Thumbnail
  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रतिनिधिसभा तर्फ रिक्त रहेको सांसद पदको गुल्मीका सुवर्ण ज्वारचनले आइतबार पद तथा गोपनीयताको शपथ लिइन्।

    प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारमा आयोजित कार्यक्रममा उनलाई शपथ खुवाएको उनका प्रेसविज्ञ श्रीधर न्योपानेले जानकारी दिए ।

    नेपाली काँग्रेसका समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद रिक्त थियो । सांसदको निधन भएमा पार्टीले निर्वाचन आयोगमा बुझाएको सोही समावेशी समुह अन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति सांसद पाउने व्यवस्थाअनुसार ज्वारचन सांसद बनेकी हुन्ब । काँग्रेसले बुझाएको बन्दसूचीको पहिलो नम्बरमा ज्वारचनको नाम उल्लेख थियो ।

    प्रतिक्रिया दिनुहोस