२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

‘वर्थ डे’ पार्टीमा बाेलाएर साथीलाई ‘बलात्कार’

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– जन्मदिनको अवसरमा भोज खुवाउने बाहानामा साथीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार राती मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया केटी साथीमाथि जबरजस्ती करणी गरेको पीडिताको आरोप छ ।

    उनीहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राती घरैमा लिन गएर जबरजस्ती करणी गरेको केटी पक्षले दिएको उजुरीमा उल्लेख छ ।

    युवकले मादक पदार्थ सेवन गरेर आफुमाथि जबरजस्ती करणी गरेको पीडित युवतीले बताइन् । पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

    यस्तै यसअघि शनिबार नै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी गरको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । श्रीमान बैदेशिक रोजगारीमा गएको मौका छोपी जबरजस्ती करणी गरेको र ५ महिनाको गर्भ समेत रहेको भन्दै महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

    ती महिलाले आफुमाथि जबरजस्ती करणी गरेको भन्दै शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस