२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

खुमलटार भेलापछि प्रचण्ड किन छिरे सुटुक्क वालुवाटार ?

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- आइतबार विहानभरि आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई  ‘तपाइँहरुसँगै छु’ भनेर प्रष्टिकरण दिएका प्रचण्ड डिनर समयमा भने बालुवाटार छिरेका छन् ।  शनिवारकाे बैठकमा आफ्नो भूमिकालाई लिएर नेपाल समुहलाई स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    आज आइतबारलाई ताेकिएकाे  स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको र यसै अन्तर्गतकाे भेट भएकाे स्राेतले जनाएकाे छ ।  शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा  महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस