२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
अध्यक्षकाे ललिपप्

प्रचण्ड: प्रवक्ता बने एकल अध्यक्ष बन्ने !

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं–  “बिशेष महाधिवेशनमा जाने भन्दासम्म त हो कि क्या हो भन्ने नै लाग्याथ्यो तर जब त्यसबाट एकल अध्यक्ष बनाउँछौँ तर त्यसनिम्ति जनताको बहुदलीय जनवाद (जबज) को प्रवक्ता बन्नुपर्ने शर्त राखियो अनि झसङ्ग भएँ ! त्यहाँ त आपत्ति जनाएँ,पछि सचिवालय बैठकमा बिरोधमा नबोल्नुचाहिँ गल्ती भयो भन्ने अहिले लागिरा”छ ! “
    शनिवारको सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको अर्ली महाधिवेशनमा जाने प्रस्ताव र जनाइएको समर्थनबाट उत्पन्न परिस्थिति सम्बन्धमा जानकारी हासिल गर्न पुगेका स्थायी समिति सदस्यहरुलाई नेकपा अध्यक्ष प्रचण्डले यस्तो जवाफ दिनुभएर फेरि बालुवाटार जानुभएको छ !
    “तपाईंहरुको भावनाभन्दा बाहिर त म कहाँ जान्छु र !”
    मातृका यादव, पम्फा भुसाललगायत पूर्व माओवादी खेमाकै नेताहरुबाट “अपारदर्शिता, ब्यक्तिवादिता र अहँ” यता पनि देखिएको गुनासो पोखिएको प्रत्युत्तरमा उहाँले आजका निम्ति दिनुभएको आश्वासन यही नै थियो ! भोलि हुने के हो, त्यसको चाहिँ कुनै ठेगान नभएको सहभागीहरु नै बताउँछन्,  जनआस्थाले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस