२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
काेराेना कहर

७२ वर्षीय क्यान्सरका बिरामीले जिते कोरोना, ओखलढुंगा काेराेनामुक्त

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा २ सय २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । पाँचजना संक्रमित कोरोनामुक्त भएका छन्। सोमबार आएको परीक्षण रिपोर्टमा ७२ वर्षीया लिखुका क्यान्सर पीडित जेष्ठ नागरिक पनि कोरोनामुक्त भएका छन् । लिखु गाउँपालिकाको सिंहदेवीका ७२ वर्षीय क्यान्सर पीडित पुरुषलाई अस्पतालबाट घर फर्काएपछि उनमा कोरोना संक्रमण देखिएको छ ।

    उनलाई घरैमा चिकित्सकको निगरानीमा राखिएको थियो । सोमबारको परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो ।  त्यस्तै काठमाडौं, बाग्लुङ तथा साउदी अरबबाट आएका चारजनामा कोरोना संक्रमण देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार गरिएको थियो । उनीहरु पनि सोमबारबाट कोरोनामुक्त भएका छन् ।

    उनीसहित सामुदायिक अस्पताल ओखलढुंगामा उपचाररत अन्य ४ जना पुरुष पनि कोरोनामुक्त भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जिल्लालाई कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    प्रतिक्रिया दिनुहोस