२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

के उपचारले जिते ओखलढुंगामा क्यान्सरका गम्भीर विरामीले कोरोना ?

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  असार २६ गते लिखु गाउँपालिकाको सिंहदेवीमा ७२ वर्षीय क्यान्सरका गम्भीर विरामीलाई कारोना संक्रमण भएको खबर सार्वजनिक भयो । यो खबर बाहिरिनासाथ धेरैले उनी अब कोरोनासँग पराजित हुने विश्वास गरे ।
    अर्थात् उनी अब बाँच्दैनन्, भने ।

    तर, उनी यस्तो अनुमान विपरित सोमबार कोरोनालाई जित्न सफल भए । उनले नियमित क्यान्सरको औषधी सेवन गरिरहेको र अस्पतालबाट समेत घर लैजान भनिएकाले उनलाई घर ल्याइएको थियो ।

    उनलाई पोसिलो खानेकुरा, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी र ज्वरो देखिँदा सिटामोल खुवाइयो । आत्मविश्वास उच्च बनाउन काउन्सिलिङ गरियो । उनलेसँगै क्यान्सरको औषधी पनि खाइरहे ।

    स्वास्थ्य अवस्था जटिल भएका व्यक्तिलार्ई संक्रमण भएकाले निको नहुने अनुमान फेल खायो र उनले कसरी ९ दिनमै कोरोना जित्न सके त ? अर्थात् के खाएर निको भए भन्ने चासो धेरैतिर छ ।

    यसरी भए निको

    उनलाई अस्पताल पनि पठाइएन । कारण क्यान्सरको उपचार जटिल बनेपछि अस्पतालबाट घर पठाइयो । यही कारण कोरोनाको उपचार उनलाई घरैमा राखेर गरियो । गाउँमा शिल गरियो ।

    घर परिवारका सदस्य र स्वास्थ्यकर्मीले निगरानी गरे ।  स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार उनलाई पोसिलो खानेकुरा, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी र ज्वरो देखिँदा सिटामोल खुवाइयो । आत्मविश्वास उच्च बनाउन काउन्सिलिङ गरियो । उनलेसँगै क्यान्सरको औषधी पनि खाइरहे ।

    हेरचाह, घरैमा बनाएका पोसिला खानपानबाटै कोरोना जितेको तिवारीले बताए । ‘छुट्टै उपचार नै छैन, खानेकुरा, र प्रतिरोधात्मक शक्ति बढाउने कुरा खुवाइयो’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस