२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

साेलुमा कसरी फैलियाे स‌ंक्रमण ? परिक्षणपछि मात्रै जिल्ला पठाउन माग

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • सोलुखुम्बु – सोलुखुम्बुका पालिकाहरुले विदेशबाट उद्धार गरेर स्वदेश फर्काइएका नागरिकहरुको पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन माग गरेका छन् ।

    सोलुखुम्बुको एउटा नगरपालिका र सात वटा गाउँपालिकाले संयुक्त विज्ञप्ति निकालेर भौगोलिक कठिनाइका कारण स्वाब सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याउन समस्या भएकोले काठमाण्डौमा बनाइएका होल्डिङ सेन्टरमै पीसीआर परीक्षण गरेर मात्र जिल्ला पठाउन माग गरेका हुन् ।

    दुर्गम बस्तीमा गएर स्वाब सङ्कलन गर्ने दक्ष जनशक्ति नभएको, सङ्कलन गरिएको स्वाब प्रयोगशालामा पुर्‍याउन सडक मार्ग अवरोध भइरहने जस्ता समस्या रहेकोले पीसीआर परीक्षण गरी सङ्क्रमण नदेखिएका नागरिकलाई मात्र जिल्ला पठाउन र सङ्क्रमण देखिएमा केन्द्रमै उपचार गर्ने व्यवस्था गर्न माग गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

    सोलुखुम्बुमा विदेशबाट फर्किएका चार जनामा साेमबार कोरोनाकाे सङ्क्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस