२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

अब हट्याे लकडाउन, के के मा छ प्रतिबन्ध ?

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • केही क्षेत्र क्रमशः खुल्नेछन् 

    निजी सवारी साधानमा लागू गरिएको जोर विजोर प्रणाली ६ साउनबाटै हटेको छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्लेनछन् ।

    यस्तै होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिइएको छ । तर र सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा पनि भदौ १ गतेबाट खुला हुनेछ ।

    यस्तै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ । तर शैक्षिक संस्था खुल्ने छैनन् । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने मन्त्रिपरिषदको निर्णय छ ।

    के-केमा प्रतिबन्ध कायमै छ ?

    यसका साथै केही क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

    सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

     

    प्रतिक्रिया दिनुहोस