२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नेपालमा कोरोना संक्रमणबाट ४१ काे मृत्यु

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

    उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

    गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस