२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

ओखलढुंगामा ३ जनाको रक्सीले लियो ज्यान

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- अत्याधिक रक्सी सेवन गर्ने ३ जनाको ज्यान गएको छ । अत्याधिक रक्सी सेवन गरेर सिद्धिचरण नगरपालिका वडा नं. १० मा एक जना झुण्डिएर आत्महत्या गरेका छन् भने अन्य सिद्धिचरण नगरपालिका वडा नं. २ र ६ मा सुतेकै ठाउँमा मृत्यु भएको छ ।

    नियमित अत्याधिक रक्सी सेवन गर्ने उनीहरुले मर्नु अघि पनि रक्सी सेवन गरेको प्रहरीको भनाइ छ । ३ वटै घटना बुधबार विहान भएका हुन् । अत्याधिक रक्सी सेवन गर्दै आएको र रक्सीकै कारण उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले बताए ।

    उनले नागरिक मिडियासँग भने, ‘नियमित रक्सी खाने र सुतेकै स्थानमा मृत्यु भएका २ जनाले मंगलबार पनि रक्सी खाएको स्थानीयको भनाइ छ, मृत्युको कारण रक्सी देखिएको छ ।’ सुतेकै ठाउँमा मरेका व्यक्ति स्वास्थ्यमा समस्या देखिएका र नियमित रक्सी खाने गरेको पाइएको वस्नेतको भनाइ छ ।

    झुण्डिएर आत्महत्या गरेका व्यक्ति पनि अत्याधिक रक्सी सेवन गर्ने र घरमा कोही नभएको समयमा घरभित्रै झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए । ओखलढुंगामा अत्याधिक रक्सी सेवनबाट घरेलु हिंसा, बलात्कार तथा मृत्यु हुने गरेका घटना बढेका छन् ।

    प्रतिक्रिया दिनुहोस