२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

ओखलढुंगाः ३ महिनामा ७ बलात्कार, ६ बालिका पीडित, किन बढे यस्ता घटना ?

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लामा बैशाखयता ७ बलात्कारका घटना भएका छन् । प्रहरीको तथ्यांक अनुसार सबै घटनामा २३ वर्ष मुनिका महिला पीडित छन् ।

    ७ मध्ये ६ जना बालिका पीडित भएका छन् । उमेरका हिसाबले ६ जना बालिका १६ वर्षभन्दा कम उमेरका छन् । बलात्कार घटनाका पीडितहरु ३ वर्षदेखी बढीमा २३ वर्षसम्मका रहेका छन् ।

    आरोपितहरुलाई गिरफ्तार गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरीका डिएस्पी रुपेश खड्काले बताए । एक ११ वर्षीय बालक ३ वर्षीया नाबालकलाई बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीको निगरानीमा छन् । उनी विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

    किन बढे यस्ता घटना ?

    यसरी लकडाउनको अवधिकम बलात्कारका घटना बढ्नुमा फुर्सदिलो हुनु, अन्य काम नहुँदा नकारात्मक सोचाइ आउनु, लगायत कारण रहेको डिएस्पी खड्काले बताए ।

    त्यस्तै लकडाउनको पहिलो महिना कुनै घटना नै प्रहरीमा दर्ता नभए पनि बैशाखयता भने घरेलु तथा लैंगिक हिंसाका घटना बढेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस