२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

एसिड छ्याप्नेमाथि कडा कारवाही गर्न अनेरास्ववियूको माग

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– काठमाण्डौमा ओखलढुंगाका पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने विरुद्ध कडा कानुनी कारवाही गर्न नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले माग गरेको छ ।

    जिल्ला संयोजक अशेष श्रेष्ठ र सह–संयोजक चम्मु फुयलले विज्ञप्ती जारी गर्दै कारवाही माग गरेका हुन् । विज्ञप्तीमा भनिएको छ “पछिल्लो‌ समयमा, बलात्कार, हत्याजस्ता जघन्य अपराधका घटना बढिरहँदा समाज आतंकित छ । यसै सन्दर्भमा एक जना विद्यार्थी माथि बिहिबार। काठमाडौं मा भएको एसिड आक्रमणको घटनाप्रति हाम्रो संगठन को गम्भिर ध्यानाकर्षण भएको छ ।”

    उक्त घटनामा आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको भन्दै त्यस्ता घटना घटाउने माथि कडा कारवाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।
    बिहीबार साँझ सितापाइलामा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ की पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

    एसिड प्रहारमा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस