२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ गरेको छ।डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ ) रामबाबु साहलाई  ५ लाख ५३ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिए।

    घुस लिएर रौतहट जाँदै गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।डिभिजन प्रमुख र उनको श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार नगद फेलापारी कोशी गाउँपालिका ८ सुनसरीबाट नियन्त्रणमा लिएको हो।

    घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस