२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सोमबारदेखि फेरि मनसुन सक्रिय हुने, आज र भाेलि कस्ताे हुन्छ माैसम ?

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पर्सि राति (साेमबार) देखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

    मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

    यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको छ ।  आजबाटै बर्षा शुरु हुने भएकाले सतर्क रहन आग्रह गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस