२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
कसलाई हटाइयाे, कस-कसले छाडे पार्टी ?

कांग्रेसमा अब ‘जाेशी आउट थापा इन’ !

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाली काँग्रेसको  केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ ।

    शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

    अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    थापा समुहकाे राजीनामा, कांग्रेसमा ल्याउने तयारी !

    यस्तै, शनिबार साँझ संयुक्त रुपमा राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन्। यही साता कांग्रेस प्रवेश गर्नेगरी तयारी भइरहेको राप्रपा छोडेका नेता किरण गिरीले जानकारी दिए।  नेता गिरीले कांग्रेस प्रवेश गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको स्वीकार गरेका छन्।

    कांग्रेसका एक नेताले मंगलबार नै राप्रपा छोडेका नेतालाई पर्टीमा स्वागत गर्ने बताए। ‘राप्रपाबाट राजीनामा दिएका  नेताहरु मंगलबार कांग्रेस प्रवेश गर्नुहुन्छ’, कांग्रेसका ति नेताले भने, ‘पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर स्वागत गर्छौँ।’

    यता राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए। उनले पार्टीले राष्ट्रवादी शक्ति निर्माणको पहल गरिरहेको र त्यसमा असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए।

    ‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ। उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ। देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ।’

    शनिबार पार्टीका तीन अध्यक्षलाई संयुक्त राजीनामा पत्र लेख्दै राप्रपाका नेताहरुले संयुक्त राजीनामा दिएका हुन्। ३१ नेताले राजीनामा दिएको बताइए पनि राजीनामा पत्रमा भने १९ नेताको मात्र नाम समेटिएको छ।

    संयुक्त राजीनामा पत्रमा पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सवल नेतृत्व, सैद्धान्तिक र वैचारिक मान्यता गुमाएको आरोप लगाइएको छ।

    ‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको  छ’, राजीनामा पत्रमा भनिएको छ, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि  संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ। ’

    स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको उनीहरुको भनाइ छ।

    ‘संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ’, राजीनामा पत्रमा थप भनिएको छ, ‘राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो।’

    पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दा पनि सुनुवाइ नभएपछि पार्टी छोड्नु परेको राजीनामा पत्रमा उल्लेख छ।

    कस कसले छाडे पार्टी ?

    १ सुनिल बहादुर थापा  धनकुटा उच्च स्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री, राप्रपा, (पूर्व मन्त्री उद्योग वाणिज्य)
    २ विष्णु विक्रम थापा  सिन्धुपाल्चोक  उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृह राज्य मन्त्री
    ३ बाबुराम बस्नेत भोजपुर उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
    ४ बृजलाल यादव बारा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
    ५ पदम बहादुर बस्नेत धनकुटा केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति धनकुटा
    ६ किरण गिरी  काठमाडौं  केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
    ७ दिलिप राई  झापा  केन्द्रिय सदस्य
    ८ आशाराम चौधरी कैलाली केन्द्रीय सदस्य
    ९ चन्द्र कुमार घुण्डे गुरुङ संखुवासभा  केन्द्रीय सदस्य, राप्रपा
    १०  श्रीमती राज्य लक्ष्मी श्रेष्ठ नुवाकोट संविधान सभा सदस्य
    ११  चतुरमान विश्वकर्मा  झापा  केन्द्रीय सदस्य
    १२  राम पदारथ शाह  सर्लाही केन्द्रीय सदस्य
    १३  बिरेन्द्र लाल कर्ण  धनुषा  पूर्व केन्द्रिय सदस्य
    १४  नारायण राउत  भोजपुर पूर्व केन्द्रिय सदस्य
    १५  इन्द्र बहादुर तामाङ्ग सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, जिविस उपसभापति
    १६  राज कुमार भट्टराई सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, शिक्षक परिषद
    १७  डम्बर बहादुर राई भोजपुर महाधिवेशन प्रतिनिधी
    १८  माधव पौडेल सिन्धुपाल्चोक  जिल्ला कार्य समिति सदस्य
    १९  अर्जुन विक्रम थापा  सिन्धुपाल्चोक  पूर्व गाविस अध्यक्ष

    प्रतिक्रिया दिनुहोस