२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

१२ वर्षीय बालक पनि बलात्कारका अभियुक्त !

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– १२ वर्षिय बालक पनि बलात्कारमा संलग्न ! सुन्दा जो कोहीले पत्याउनै सक्दैनन् । त्यही माथी चार वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा ।

    तर, सुनकोशी गाउँपालिकाका एक १२ वर्षिय बालकलाई बलात्कारको आरोपमा गाउँले र पीडित बालिकाको आफन्तले केही दिनअघि प्रहरीको जिम्मा लगाए ।

    उनले पटकपटक छिमेकीकै चार वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लगाइएको छ । गत हप्ता प्रहरीकहाँ परेको उजुरी अनुसार असारको ३१ गते उनले बलात्कार गरेका हुन् । उजुरीकै आधारमा ति नाबालकलाई प्रहरीमा ल्याएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि जिल्ला अदालत मार्फत म्याद थप गरिसकेको जिल्ला प्रहरीका डिएसपी रुपेश खड्काले बताए ।

    प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेको र त्यसैको आधारमा यस्तो क्रियाकलाप गरेको बताएका छन् ।

    ‘व्यक्तिगत रुपमा बालक र उनको उमेर हेर्दा पत्याउनै नसकिने घटना लाग्यो । म आफैलाई आँशु आयो । यस्तो उमेरको बच्चाले कसरी बलात्कार गर्ला ?’ डिएसपी खड्काले भने, ‘तर बलात्कृत भनिएकी बालिकाको बयान र उनीहरुका आफन्तको उजुरीले गर्दा उनलाई यहाँ ल्याउनुपरेको हो ।’ उनलाई थुनुवा कक्षमा नभई उनलाई प्रहरीहरुसँगै ब्यारेकमा सुताउने गरेको डिएसपी खड्काले बताए ।

    खड्काका अनुसार उनलाई सरकारी वकिलकहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाएर घर पठाउने तयारी छ । जिल्ला सरकारी वकिल लेखनाथ ढकालले बालकको जन्मदर्ता मगाउने काम भएको बताए । ‘यो घटना अहिले अनुसन्धानकै क्रममा छ ।’ उनले भने, ‘उनको जन्मदर्ता मगाउने काम गरेको छु । त्यसपछि बयान लिएर के गर्ने भन्ने अहिले भन्न सकिने अवस्था छैन ।’

    प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेको र त्यसैको आधारमा यस्तो क्रियाकलाप गरेको बताएका छन् । यसबाट अभिभावक वा अरु जो कोहीले बालबालिकाले देख्ने गरि यौन क्रियाकलापमा संलग्न हुँदा बाल मानसिकतामा कस्तो असर पर्ने रहेछ भन्ने विषय सोच्न बाध्य बनाएको डिएसपी खड्काले बताए ।

    शारिरिक र मानसिक दुवै अवस्थालाई आधार मान्ने हो यस घटनाका अभियुक्तलाई प्रहरीसम्म ल्याउनै नपर्ने केही अधिकारकर्मीहरुको भनाई छ । कानुनी रुपमा ति बालकलाई सरकारी वकिलले बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने अधिवक्ता गुरुबहादुर बस्नेतले बताए । १२ वर्ष भन्दा माथीकालाई सुधार गृहमा पठाउनुपर्ने र १० वर्ष मुनिकालाई अपराध नमानिने भएकोले यस बिचका नाबालकलाई बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने उनले बताए ।

    एक घटनामा पूर्व प्रेमीले जन्मदिन मनाउन बोलाएपछि भोज खान रातीको समयमा गएकी प्रेमिकाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि अभियुक्त पक्राउ परेका छन् । पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको छ ।

    लकडाउन अवधिमा जिल्ला प्रहरी कार्यालयमा सातवटा जर्बजस्ती करणीका मुद्दा दर्ता भएका छन् । लकडाउन शुरु भएको पहिलो महिना एउटा पनि घटना नघटेकोमा दोश्रो महिनादेखि बलात्कारका मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा देखिन्छ । त्यसैगरि लकडाउन अवधिमै जिल्लाभित्र १३ जनाले आत्महत्या गरेका छन् । करिब दुईदर्जन हिंसाका घटना दर्ता भएका छन् ।

    यी सबै घटनामा लकडाउनको दोश्रो महिनादेखि संख्या बढेको हो । यसो हुनुमा व्यक्तिको मानसिक असरमा लकडाउनले सहयोग गरेको डिएसपी रुपेश खड्काले बताए । ‘पहिलो महिना कोरोना संक्रमणसँग डराएर मान्छे चुपचाप घरमा बसेको देखिन्छ ।’ उनले भने, ‘दोश्रो महिनादेखि रोगसँग डर घट्दै गयो, फुर्सद बढ्यो, इन्टरनेटको प्रयोगले मानसिक रुपमा असर परेपछि यस्ता घटना बढेको हो ।’

    बलात्कारको आरोपमा दर्ता भएका घटनाहरु केही रोचक समेत छन् । मानेभन्ज्याङ गाउँपालिकाको एक घटनामा पूर्व प्रेमीले जन्मदिन मनाउन बोलाएपछि भोज खान रातीको समयमा गएकी प्रेमिकाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि अभियुक्त पक्राउ परेका छन् ।

    पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको समेत प्रहरी र कानुन व्यवसायीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस