२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

रञ्जनको मुद्दामा ३ न्यायाधीश, काे-काे ताेकिए ?

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं-  शसस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीश समेतको बेन्चबाट भएको फैसलामा परेकाे  पुनरावलोकन निवेदनको सुनुवाइका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ ।
    सो मुद्दामा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको परेको सर्वौच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो ।

    याे बेन्चले उक्त मुद्दामा    प्रमाणहरूकाे अध्ययन गरी पुनरावलाेकन हुने नहुन निश्सा दिने छ । पुनारावलाेकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ । महान्यायिधवक्ता कार्यालयले पुनरावलाेकनकाे निवेदन दिएकाे हाे ।

    यस अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलसले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वश्वसहित जन्मकैदको सजायँ कटौती गर्ने फैसला गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस