२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
नेकपाकाे गुट: भेडेटारकाे माैसम

बामदेव र वादल ओलिसँग लहसिँदा खुमलटारमा पहिराे !

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विपक्षमा उभिएका छन् ।

    ओलीको राजीनामा मागिरहेको अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको समुहमा रहेका दुवै नेता ओलीको राजीनामाको विपक्षमा उभिएका हुन् ।

    ओलीइतरको समुहबीच एक आपसको छलफलमा अब पार्टीबाट ओलीबारे निर्णय गरेर जाने छलफल हुँदा गौतमले बहुमतको आँडमा निर्णय गरे दुर्घटना हुने तर्क राखेका थिए ।

    विश्वस्त स्रोतका अनुसार बामदेवले आफू अली महाधिवेशनबाट समस्याको हल खोज्ने पक्षमा रहेको बताएका थिए । उनले अहिले राजीनामाको विषय ओलीको स्वइच्छामा छाडेर यसै वर्षभित्र महाधिवेशन गर्नेतर्फ लाग्ने गरी बढ्नुपर्ने भनेका थिए ।

    नेकपाभित्र ओलीको प्रचण्ड र माधव नेपालसँग द्वन्द्व बढ्दै जाँदा बामदेवको लाइन विस्तारै फरक हुन थालेको हो । बामदेवसँग समेत नजिक रहेका स्थायी कमिटि सदस्यहरु योगेश भट्टराई र घनश्याम भुषालले पनि भुमिका खेलेर ओलीको राजीनामाको मागलाई कमजोर पार्न भुमिका खेलेका थिए । उनीहरुले बामदेवलाई पटक पटक भेटी अर्ली महाधिवेशनतर्फ केन्द्रित हुनुपर्नेमा कन्भिन्स गरेका थिए ।

    नेकपाभित्र एक महिना अघि देखि प्रधानमन्त्री ओलीको राजीनामा मागेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल कडा रुपमा प्रस्तुत भएका थिए । तर, ओलीले राजीनामा नदिने अडान राखेर आफ्ना विरोधीलाई लगाउँदै आएका थिए ।

    पछिल्लो समय बामदेव र बादललाई ओलीले विरोधी समुहबाट दुरी बढाउन सफल हुँदै गएका छन् । बादल प्रचण्ड समुहको छुट्टै भेलामा पनि सहभागी हुन छाडेका छन् । बामदेव पनि ओलीइतरको समुहको बैठकमा कम जान छाडेका छन् ।

    अब के होला
    ओलीको राजीनामा माग्दै आएको समुहका प्रभावशाली नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादल तटस्थको भुमिकामा देखिन थालेपछि नयाँ माहोल सृजना हुँदै गएको छ । पार्टी दुर्घटनामा जानसक्ने भन्दै बामदेव र बादलले बहुमतको बलमा नभई सहमतिबाट बढ्नुपर्ने तर्क अगाडि सानै थालेका छन् । बामदेवले ओलीको राजीनामा उनको स्व इच्छामा भर पर्ने बताइसकेका छन् । बादल पनि आफै सरकारमा रहेकाले राजीनामाको विपक्षमा देखिएका छन् ।

    बामदेव र बादल ओलीइतर समुहबाट टाढिएपछि राजीनामाको मुद्दा केही कमजोर भएको छ । तर, प्रचण्ड र माधव नेपालको जोडेर स्थायी कमिटीमा बहुमत भएकाले मुद्दा यथावत रहे टकराव रोकिने छैन । अर्ली महाधिवेशनको अस्त्रले बामदेव हौसिएका छन् । उनी भावी अध्यक्षको दौडमा आफूलाई प्रस्तुत गर्ने रणनीतिमा देखिएकाे रिपाेर्टस् नेपाललले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस