२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

प्रदेश १: १९ प्रहरीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

थप १३० जनामा कोरोना पुष्टि: ७५ डिस्चार्ज

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर-  प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका १९ जना प्रहरीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा आइतबार उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजेटिभ देखिनेमा १ महिलासहित १८ पुरुष प्रहरी रहेका छन् ।

    समाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार यसअघि प्रदेश प्रहरी कार्यालयमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक १ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्दा दोस्रोपटक थप ४ जना प्रहरी कोरोना संक्रमित भेटिएका थिए ।

    त्यसपछि तेस्रो पटक एकै समय १९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश प्रहरीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । यसैबीच आइतबार नै प्रहरी बाहेक थप ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ महिला र १ पुरुष रहेका छन् । १ महिला उदयपुरकी रहेको समाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

    यस्तै, पछिल्लो २४ घण्टामा क १३० जनाको कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

    जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ ।

    अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् । -Annapurnapost

    प्रतिक्रिया दिनुहोस