२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
नेकपा अन्तर्षङ्घर्ष

नेकपा स्थायी समिति: ओलिले राेके प्रचण्डले चलाउने !

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौं-  यस अघि स्थगित भएको नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले  स्थगित गर्न खोजे अर्का अध्यक्ष पुष्पकमल  दाहालले अघि बढाउने बरिष्ठ चार नेताहरुका बीच सहमति भएको छ ।

    अध्यक्ष दाहाल निवास खुमलटारमा सोमबार भएको छलफलमा सचिवालयका सदस्यहरु एवं बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो सहमति गरेका हुन् ।

    म‌ंगलबारका लागि पुनः तय गरिएको स्थायी समिति बैठक अर्का अध्यक्ष ओलीले स्थगन गर्न खोजेमा अर्का अध्यक्ष दाहालले निरन्तरता दिने सहमति भएको छ ।

    यी चार नेताहरुका बीचमा सोमबार दुई घण्टा भन्दा बढी समय भएको छलफलपछि उनीहरु यस्तो सहमतिमा पुगेको स्रोतले जानकारी दिएको छ । यसअघि पटक पटक भएको स्थायी समितिको बैठक स्थगन दुई अध्यक्षहरु ओली र दाहालले आपसमा सल्लाह गरी स्थगित गर्ने गरेका थिए ।

    यही साउन ६ गते छोटो समय बसेको स्थायी समितिको बैठक १३ गते मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । पार्टी भित्रको विवाद छलफलबाट नै समाधान गर्ने गरी बैठक स्थगित गरिएको भए पनि यस बीचमा ओली र दाहालकाबीच सहमति भने हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस