२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

जिल्ला बाहिरबाट फर्किएका शिक्षक क्वारेन्टाइनमा

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– जिल्ला बाहिरबाट ओखलढुंगा फर्किएका ७ जना शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सिद्धिचरण नगरपालिका ४ रुम्जटारमा प्राबिधिक धारको विद्यालयमा पढाउने ७ जना जिल्ला बाहिरबाट फर्किएका शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

    कोरोनाका कारण बिद्यालय बन्द भएपछि घर गएका उनीहरु लकडाउन खुलेसँगै कार्यक्षेत्रमा आएका थिए ।लस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीका अनुसार तराई लगायत अन्य विभिन्न जिल्लाबाट अध्यापन गराउन आएका शिक्षकहरुलाई ओखलढुंगा क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको हो ।

    उनीहरुको आरडीटी परिक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना महामारीका बिचमा अन्य जिल्लाबाट आएकाले उनीहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने तिवारीको भनाइ छ । उनीहरुले होम क्वारेन्टाइनमा बस्न माग रेका थिए । जो कोही आए पनि क्वारेन्टाइनमा राखेर मात्रै पठाइने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभएको छ ।

    सदरमुकाम बजार क्षेत्रमा भने कतिपय बाहिरबाट आएका व्यक्ति घरैमा बस्ने गरेको र पहुँच नभएकालाई मात्रै क्वारेन्टाइनमा राख्ने गरिएको गुनासो स्थानीयले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस